January 2025
In a heartwarming celebration of community and gratitude, Peace Corps Volunteer Mr. Jeffrey W. Aubuchon recently organized a special day meal party for all the students and teachers of Shree Janak Secondary School, where he has been volunteering for the past nine months. The event, held in January 2025, was an expression of Mr. Aubuchon’s appreciation for the school community, marking a milestone in his Peace Corps service.
Mr. Aubuchon has been a dedicated volunteer at Shree Janak Secondary School since May 2024, where he has focused on educational development, cultural exchange, and community outreach. His work has been characterized by a deep commitment to helping students excel and teachers enhance their teaching methods. Over the past nine months, Mr. Aubuchon has become an integral part of the school, forging meaningful connections with students and staff alike. He was also a Peace Corps Volunteer in Morocco (North Africa) almost 20 years ago
१२ कक्षा पास विद्यार्थीहरुलाई बधाई तथा फेरिभेटौंला कार्यक्रम २०८२
Congratulations to the 12th pass students and see you again program 2082
अंग्रेजी क्लबका विद्यार्थीहरूले बनाएको भिडियो।
Here is a video made by the students of the English Club.
हामी LOOMA स्कूल भएकोमा गर्व गर्छौं ।
यो शक्तिशाली उपकरणले हामीलाई सूचना र सञ्चार प्रविधिहरू प्रयोग गरेर सिकाउन मद्दत गर्छ।
We are proud to be a LOOMA school . This powerful tool helps us teach using information and communication technologies.
एथलेटिक्स | Athletics
हाम्रा विद्यार्थीहरूले धेरै एथलेटिक अवसरहरूमा सक्रिय रूपमा भाग लिन्छन्।
Our students actively participate in many athletic opportunities.
शान्ति कोर्प्स | Peace Corps
We have hosted Volunteers since 2023.
विद्यार्थी उद्यमशीलता प्रवर्द्धन कोषमा लाखौं रुपैयाँ सहयोग
नमोबुद्ध नगरपालिका वडा नं ४ भकुन्डेबेंसीमा अवस्थित श्री जनक माध्यमिक विद्यालयमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई एवम् सम्मान तथा कक्षा ११ मा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न गरियो । विद्यालयबाट कक्षा १२ उत्तीर्ण भएका १११ जना विद्यार्थीलाई मायाको चिनो तथा विद्यालय स्तरमा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालय एवम् पशुविज्ञान समूह प्रथम : ऋग्वेद खनाल
व्यवस्थापन समूह प्रथम : सञ्जीव लामा
विज्ञान समूह प्रथम : सुभेच्छा अधिकारी
शिक्षा समूह प्रथम : कृति तिवारी
सोही अवसरमा विद्यालयबाट उद्यमशीलता प्रवर्द्धनको मुख्य एजेन्डा सहित नयाँ कार्यक्रमहरू सार्वजनिक गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण उद्यमशीलता प्रवर्द्धन कोष रह्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर दाहालले विद्यार्थी उद्यमशीलता प्रवर्द्धन कोषमा बीउपूँजी स्वरुप १५ लाख रुपैयाँ हस्तान्तरण गर्नुभयो । साथै नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले विद्यालयको सफल अभ्यासलाई नमुना मान्दै उक्त कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । यसैगरी विभिन्न उद्यमी, समाजसेवी तथा विद्यालयका पूर्व पदाधिकारीहरूले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । समाजसेवी गोविन्द घिमिरेले २ लाख, समाजसेवी श्रीकृष्ण धितालले ५० हजार, समाजसेवी तथा पूर्व अध्यक्ष वासुदेव काफ्लेले २५ हजार र समाजसेवी तथा विद्यालयका पूर्व शिक्षक कृष्णप्रसाद खनालले १० हजार रुपैँया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालयका समाजसेवी तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष उद्धवप्रसाद काफ्ले र वडा नं ४ का वडाध्यक्ष अर्जुनबहादुर कार्कीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा “पढ्दै कमाउँदै” अभियानबारे जानकारी गराइएको थियो । कार्यक्रममा बाख्रा सापटी परियोजनाका सफलताको कथा प्रस्तुत गरिएको थियो । विद्यार्थीहरूले आफ्नै श्रम प्रयोग गरी पढाइसँगै आयआर्जन पनि गरेका छन् भन्ने कुराले सबैलाई प्रेरित गरेको थियो ।
नमोबुद्ध नगरपालिकाका युवा उद्यमीहरू श्रीकृष्ण धिताल, प्रेमबहादुर लामा र भरतप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको व्यवसायबाट रोजगारी सिर्जना हुनुका साथै वार्षिक रुपमा राम्रो आम्दानी प्राप्त भइरहेको हुँदा देशमा नै बसेर उद्यम गर्न सकिने उदाहरण पेश गरिएको थियो । साथै उहाँहरूका व्यावसायिक सफलताको कथा सुनाइएको थियो । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, नमोबुद्ध नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिराज अर्याल, जनक एलुम्नाइ एसोसिएसनका अध्यक्ष रामहरि खनाल, वडा नं ७ का वडाध्यक्ष धर्मसिं लामालगायतले शुभकामना सहितको मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो । विद्यालयले शैक्षिक उपलब्धिसँगै उद्यमशीलता, आत्मनिर्भरता र नेतृत्व विकासलाई जोड दिएको उदाहरण प्रस्तुत गरेको थियो ।
विद्यालयमा विभिन्न प्रकारका उद्यमशीलताका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका र यसलाई अझ परिष्कृत गर्दै आत्मनिर्भरता तर्फ जोड दिने, नयाँ तथा सिर्जनात्मक उद्यमी विद्यार्थीहरूको खोजी गर्ने, कार्यक्रमलाई दिगो बनाउने, र विद्यालयका सम्पूर्ण गतिविधिहरू नमुना बनाउने योजनाबारे विद्यालयका प्रधानाध्यापक श्री प्रदीप पोखरेलले बताउनुभएको थियो । विद्यार्थीहरूमा उद्यमशीलताको प्रवर्धनका लागि विद्यार्थी उद्यमशीलता प्रवर्धन कार्यविधि २०८२ तयार भएको र सोही अनुरुप विद्यार्थीहरूबीच उद्यमशीलतालाई थप प्रोत्साहन दिन प्रतिष्पर्धात्मक परियोजना प्रस्ताव लेखन कार्यक्रम गरी उत्कृष्ट परियोजना प्रस्तावलाई पुरस्कृत समेत गर्ने तथा यसलाई समुदायमा समेत विस्तार गर्दै लैजाने योजना रहेको बताउनु भएको थियो।
श्री जनक माध्यमिक विद्यालय
विद्यार्थी उद्यमशीलता प्रवर्द्धन कोष कार्यविधि–२०८२